टोरोन्टो सार्वजनिक पुस्तकालयले हजूरहरुलाई नयाँ शहरमा बसोबासलाई मद्दत गर्न धेरै नि:शुल्क सेवाहरु प्रदान गर्दछ ।

हामीकहाँ भ्रमण गर्नुहोस्:

  • पुस्तकालय कार्ड प्राप्त गर्नु होस्। यो नि: शुल्क छ। यसको लागि हजूरको २ वटा पहिचान खुल्ने कागजपत्र चाहिन्छ र एउटामा हजूरको नाम र ठेगाना खुलेको हुनुपर्छ ।
  • हाम्रो सबै १०० पुस्तकालय शाखाहरूमा उपलब्ध इन्टरनेट, वर्ड प्रोसेसिंग र धेरै डाटाबेसमा पहुँच भएको कम्प्युटर प्रयोग गर्नुहोस् ।
  • सबै पुस्तकालय शाखाहरूमा उपलब्ध नि: शुल्क वाईफाइमा जोडिनुहोस् ।
  • शाखामा आफै उपस्थित भएर वा अनलाइनबाट पुस्तकहरू, चलचित्रहरू, र अन्य धेरै (कुराहरू) सापट लिनुहोस् । पुस्तकालय सामग्रीहरू ४० भन्दा बढी भाषाहरूमा उपलब्ध छन् ।
  • सेटलमेन्ट वर्कर सँग भेट्नुहोस् जसले हजूरहरूलाई जागिर खोज्न, ड्राइभर इजाजतपत्र/लाइसेन्स पाउन र अन्य धेरै कुराको लागि मद्दत गर्न सक्दछन् ।
  • अंग्रेजी सिक्न र अभ्यास गर्नका लागि कक्षाहरुमा सहभागी हुनुहोस् ।
  • वयस्क र बच्चाहरूको लागि विभिन्न बिद्युतीय सामग्रीहरु लगायत दोस्रो भाषाको रुपमा अंग्रेजीका सामग्रीहरु डाउनलोड गर्नुहोस् ।
  • सानो व्यवसाय कसरी सुरू गर्ने, बच्चाहरूको लागि कथाको समय, र रोजगारीको खोजी लगायत विविध शिर्षकहरुमा गरिने हाम्रा कार्यक्रमहरूमा आउनुहोस् ।
  • १०० वटा शाखाहरुका पुस्तकालय कर्मचारीहरूसँग जोडिनुहोस्। हामी हजूरहरुका प्रश्नहरूलाई स्वागत गर्दछौं र हजूरहरुलाई सहयोग गर्न तत्पर छौं। हामीसँग धेरै भाषाहरूका लागि दोभाषेहरुमाथि पहुँच छ ।

टोरोन्टो सार्वजनिक पुस्तकालयमा रहेका हामी सबैको तर्फबाट हजूरहरुलाई छिट्टै भेट्ने आशा गर्दछौं र हजूरहरुको सफलताका लागि (हामीसँग भएका) धेरै स्रोतहरू साझेदारी गर्ने आशा गर्दछौं!